तराईमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍भागमा मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। गण्डकीको उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहेको छ। 

बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागमा हुस्सु र कुहिरो लागेको जल  तथा मौसम विज्ञान विभागले जनाएको छ।

तराईका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍भागमा मौसम मुख्यतया सफा रहनेछ।

तराईका केही स्थानमा राति पनि हुस्सु लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिक बदली रहने विभागले जनाएको छ।