स्रोतमा उत्पादित फोहोरमध्ये केवल २० प्रतिशत मात्र बञ्चरेडाँडा लैजाने र बाँकी ८० प्रतिशत फोहोरलाई सेवा प्रदायकमार्फत पुनः प्रयोग वा अन्य माध्यमबाट व्यवस्थापन गरिने महानगरले जनाएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले क्षेत्रगत रूपमा फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यले तथ्यांक संकलन गरिरहेको छ। फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरका ३२ वटा वडालाई सात वटा क्षेत्रमा विभाजन गरी शुरू गरिएको तथ्यांक संकलन कार्य अहिले अन्तिम चरणमा पुगेको हो।
विभाजन गरिएका क्षेत्रमा फोहोर उत्पादनको अवस्था, स्रोत, मात्रा र व्यवस्थापनको वर्तमान प्रक्रियालगायतका विषयमा विस्तृत विवरण लिने काम भइरहेको महानगरको वातावरण व्यवस्थापन विभागका सिभिल इन्जिनियर रामप्रसाद नेपालले जानकारी दिए।
उनका अनुसार तोकिएका सात क्षेत्रमध्ये १, २, ३, ४, ५ र ६ को तथ्यांक संकलन सम्पन्न भइसकेको छ भने क्षेत्र सातमा पर्ने भित्री वडाहरूको काम मात्र बाँकी छ। सबै वडाको तथ्यांक प्राप्त भएपछि सोही आधारमा नयाँ पद्धतिअनुसार फोहोर व्यवस्थापन शुरू गरिने इन्जिनियर नेपालले बताए।
फोहोर व्यवस्थापनलाई थप सहज र नतिजामुखी बनाउन महानगरले नयाँ कार्ययोजना अघि सारेको हो। प्रत्येक क्षेत्रमा एक-एकवटा ‘ट्रान्सफर स्टेसन’ तयार गरिनेछ, जहाँ संकलित फोहोरलाई वर्गीकरण गरी अन्तिम व्यवस्थापनका लागि ‘ल्यान्डफिल्ड साइट’ बञ्चरेडाँडा लगिनेछ। यसका लागि महानगरले भौगोलिक अवस्थिति र जनसंख्याका आधारमा क्षेत्रहरू निर्धारण गरेको छ।
हाल काठमाडौँ उपत्यकाका २३ स्थानीय तहबाट उत्पादित फोहोर सिधै बञ्चरेडाँडा लैजाँदा उक्त क्षेत्रमा वातावरणीय प्रदूषण बढ्नुका साथै ढुवानी खर्चसमेत उच्च हुने गरेको छ। यस समस्यालाई कम गर्न वर्गीकृत फोहोरका आधारमा क्षेत्र निर्धारण गरी व्यवस्थापन गर्न लागिएको हो। यस प्रक्रियामा महानगरले फोहोर उत्पादक स्वयंलाई पनि जिम्मेवार बनाउने तयारी गरेको छ।
फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ ले फोहोरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ। सोहीअनुसार हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहोर वर्गीकरण कार्य सुरु भइसकेको छ।
महानगरले अन्य वडाहरूमा पनि अनिवार्य रूपमा फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने तयारी गरिरहेको छ। स्रोतमा उत्पादित फोहोरमध्ये केवल २० प्रतिशत मात्र बञ्चरेडाँडा लैजाने र बाँकी ८० प्रतिशत फोहोरलाई सेवा प्रदायकमार्फत पुनः प्रयोग वा अन्य माध्यमबाट व्यवस्थापन गरिने महानगरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
