नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आगामी पुस २७ र २८ गते काठमाडौँमा हुने विशेष महाधिवेशनका लागि विभिन्न ६ स्थानबाट जुलुस प्रदर्शन गरिने भएको छ।
काठमाडौँ– नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षधरहरूले महाधिवेशन उद्घाटन हुनुअघि काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन्।
जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी आइतबार तोकिएका स्थानमा भेला हुन कार्यकर्ताहरूलाई आह्वान गर्दै र्यालीको मार्ग (रुट) सार्वजनिक गरेको हो।
समितिले सार्वजनिक गरेको तालिका अनुसार, पहिलो रुट अन्तर्गत सुन्धारामा सुदूरपश्चिमका जिल्लाहरूसहित चितवन, अर्घाखाँची, धवनपुर र काठमाडौँ निर्वाचन क्षेत्र नं. ८, ९ र १० का कार्यकर्ताहरू भेला हुनेछन्।
त्यहाँबाट निस्कने जुलुस वीर अस्पताल, रत्नपार्क र पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ। यस्तै, दोस्रो रुटको रूपमा रत्नपार्कमा नुवाकोट, रसुवा र धादिङका कार्यकर्ताहरू भेला भई पुरानो बसपार्क हुँदै सभास्थल प्रवेश गर्ने कार्यक्रम रहेको छ।
मधेस प्रदेश र लुम्बिनीका केही जिल्लाहरूको व्यवस्थापनका लागि छुट्टै रुट तय गरिएको छ। बाँके, बर्दिया, जनकपुर र मधेस प्रदेशका सबै जिल्लाका साथै काठमाडौँ क्षेत्र नं. ५, ६ र ७ का प्रतिनिधिहरू पद्मकन्या क्याम्पसमा भेला भई पुतलीसडक र शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप पुग्नेछन्।
यस्तै, भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीका कार्यकर्ताहरू शंकरदेव क्याम्पसमा भेला भएर पद्मोदय मोड हुँदै सभास्थल जाने समितिका संयोजक एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीले जानकारी दिए।
काठमाडौँका बाँकी क्षेत्र र ललितपुर–मकवानपुरका लागि पनि छुट्टाछुट्टै भेला स्थल तोकिएका छन्। कमलपोखरीमा भेला हुने काठमाडौँ क्षेत्र नं. १, २ र ४ का कार्यकर्ताहरू चारखाल, डिल्लीबजार र पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछन्।
उता, ललितपुर र मकवानपुरका जिल्लाबासीहरू कुपण्डोलमा भेला भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा र रत्नपार्कको रुट प्रयोग गर्दै महाधिवेशन स्थलमा सहभागी हुने कार्यतालिका तय गरिएको छ।
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौँमा हुन लागेको हो। पुस २७ गते आइतबार मध्याह्न १२ः०० बजे भृकुटीमण्डपमा उद्घाटन समारोह शुरू हुने समितिका संयोजक केसीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
