तराईका अधिकांश स्थानमा बिहान‍ैदेखि हुस्सु

कोशी, मधेश, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मुख्यतया सफा रहेको छ।

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जसका कारण कोशी, मधेश, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मुख्यतया सफा रहेको छ। 

कोशी, मधेश र लुम्बिनीसहित तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। तराईमा दिउँसो पनि हुस्सु रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रहनेछ। बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति तराईका केही स्थानमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।