चरिचरनका लागि विभिन्न स्थानमा स्थानान्तरण हुँदा मौरीलाई चिसोको समस्या हुने गर्छ। यही कारण बाँकेमा यस वर्ष महको उत्पादन घट्ने अनुमान छ।
नेपालगन्ज– मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन्। तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन्।
नेपाल मौरीपालक महासंघ, बाँकेका अध्यक्ष एवं मौरी पालक किसान पुरमल बस्नेतले चिसोले मौरी मर्न थालेको बताए। “अहिले मौरीका लागि संकटकालजस्तै भएको छ, घारबाट बाहिर आउँदा चराको आक्रमण छ भने तराईको शीतलहर र हुस्सुले मौरी मरेका छन्।”
मौरीपालक बस्नेतले शीतलहरका कारण मौरीको घार नै रित्तो हुने अवस्था आउनेमा चिन्ता व्यक्त गरे। उनका अनुसार, एउटा घारमा ३० देखि ३५ हजार हाराहारीमा मौरी हुन्छन्। बाँकेमा मेलिफेरा मौरीबाट मह उत्पादन भइरहेको छ। यो युरोपबाट विकास गरिएको उन्नत जातको मौरी हो।
चरिचरनका लागि विभिन्न स्थानमा स्थानान्तरण हुँदा मौरीलाई चिसोको समस्या हुने गर्छ। यही कारण बाँकेमा यस वर्ष महको उत्पादन घट्ने अनुमान छ। रैथाने जातका मौरी, भमरा, पुत्का पनि चिसोका कारण मर्न थालेका छन्।
कोहलपुर नगरपालिका–५ निवासी कृष्ण आचार्यले मौरी चिसोले मर्न थालेपछि मौरीपालक किसान चिन्तित भएको बताए। “एउटा घारमा १० वटा फ्रेम हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ,” उनले भने। मौरी बाहिर हिँडडुल गर्न नपाएपछि महको उत्पादनमा पनि गिरावट आउने उनी बताउँछन्।
“चिसोमा रानीमौरीले अण्डा पार्न सक्दैन र मौरी चिसोले बाहिर आउन पनि सक्दैन, खान पाउँदैन अनि मर्छ,” उनी भन्छन्, “अत्यधिक चिसोका कारण आधा जति मौरी मरिसकेका छन्।” आचार्यले करिब ७० घार मौरी पालेका छन्। यहाँ १२ जना मौरीपालक किसानले जिल्लामा मौरी पालेर महको उत्पादन गर्दै आएका छन्।
गत वर्ष करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएको जिल्लामा अहिले अझै कम उत्पादन हुने महासंघका अध्यक्ष बस्नेतको भनाइ छ। जिल्लाको कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरालगायतका क्षेत्रमा सीमित किसानले मौरीपालन गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
