अफगानिस्तानमा खानीमा निसास्सिएर ४ मजदुरको मृत्यु

प्रहरीका अनुसार भूमिगत कार्यस्थलभित्र विषाक्त ग्यास जम्मा भएपछि मजदुरको निसास्सिएर मृत्यु भएको हो।

अफगानिस्तानमा खानीमा निसास्सिएर ४ मजदुरको मृत्यु
खामा प्रेस

अफगानिस्तानमा कार्बन मोनोअक्साइड विषाक्तताबाट कम्तीमा चार जना मजदुरको मृत्यु भएको छ। 

उत्तरी बदख्सान प्रान्तको खास जिल्लास्थित ढुंगा खानीमा कार्यरत मजदुरको शुक्रबार मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता एहसानुल्लाह कामगरले बताए।

प्रहरीका अनुसार भूमिगत कार्यस्थलभित्र विषाक्त ग्यास जम्मा भएपछि मजदुरको निसास्सिएर मृत्यु भएको हो। मृतकको शव परिवारलाई हस्तान्तरण गरिएको छ।

यो घटना प्रान्तमा घातक खानी दुर्घटनाको शृंखलामा पछिल्लो हो। सन् २०२५ अक्टोबरमा बदख्सान प्रान्तको अर्को खानीमा एउटा सुरुङ ढल्दा दुई जना मजदुरको मृत्यु भएको थियो।

अफगानिस्तानमा अनियन्त्रित खानी उत्खनन अभ्यास, अपर्याप्त सुरक्षा उपकरण र देशको बहुमूल्य भूमिगत स्रोतको निकासीमा असक्षम श्रमको प्रयोगलाई यस्ता बारम्बार हुने मृत्युको श्रेय दिइन्छ। (रासस/सिन्ह्वा)