घाइतेहरूलाई उपचारका लागि प्रहरीले जानकी मेडिकल कलेज र प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। घाइतेहरूको यकीन संख्या र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
जनकपुरधाम– धनुषाको मिथिला नगरपालिकास्थित नक्टाझिज (सुग्जोर)मा रहेको सतलोक आश्रममा विवाद हुँदा दर्जनौँ व्यक्ति घाइते भएका छन्। आश्रमका अनुयायी र स्थानीयबीच भएको झडपमा दुवै पक्षका मानिसहरू घाइते भएका हुन्।
घाइतेहरूलाई उपचारका लागि प्रहरीले जानकी मेडिकल कलेज र प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। घाइतेहरूको यकीन संख्या र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
सतलोक आश्रमले सार्वजनिक (ऐलानी) जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै स्थानीयले लामो समयदेखि विरोध गर्दै आएका थिए। जग्गा नापजाँच गरी खाली गराउनुपर्ने मागसहित शनिबार स्थानीयको एक समूह आश्रम पुगेको थियो। सोही क्रममा दुई पक्षबीच भनाभन हुँदा झडपको रूप लिएको हो। झडपमा परी केहीको टाउकोमा, केहीको हातखुट्टामा गम्भीर चोट लागेको छ।
घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले मुख्य सडक अवरुद्ध पारेका छन्। सडक अवरोधका कारण सयौँ मालवाहक ट्रक, यात्रुवाहक बस र साना सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
