पाल्पामा २ मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते

रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पाल्पा– रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

रामपुरबाट भुजातर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल शनिबार बेलुका एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी लु ६८ प ८८०० का चालक रामपुर नगरपालिका–८, पिल्टारका ५० वर्षीय डोलराज कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। दुर्घटनामा घाइते भएका कुमालको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक रामपुर नगरपालिका–८, धारापानीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते भएका छन्। दुवै जनालाई रामपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए।