मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल पारिपट्टि फेला परेको बसको अवशेष गत वर्ष असार २८ गते त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसमध्येकै एक हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
तनहुँ– चितवन र तनहुँको सीमावर्ती क्षेत्रमा पर्ने त्रिशूली नदी किनारमा आइतबार एउटा बसको अवशेष फेला परेको छ। मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलताल पारिपट्टि, तनहुँको आँबुखैरेनी गाउँपालिका-५ मा उक्त अवशेष भेटिएको हो।
गत वर्ष असार २८ गते सिमलतालमा पहिरो जाँदा त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा बसमध्ये यो एउटाको अवशेष हुन सक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको केही भाग देखिएको छ।

विसं. २०८१ असार २८ गते सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेका थिए। वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा हराएका थिए। ती दुवै बसमा गरी करिब ६५ यात्रु सवार थिए। तीमध्ये तीन जनाले पौडी खेलेर ज्यान बचाउन सफल भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
