मकवानपुरको मनहरी–९ ज्यामिरेमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय सूर्यबहादुर मोक्तानको उपचारका क्रममा मृत्यु भएको छ।
बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आइतबार दिउँसो ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना४६प ६०२८ नम्बरको मोटरसाइकल ठोक्किँदा मनहरी–७ निवासी ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते मोक्तानको मनहरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उनको उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
प्रहरीले ठक्कर दिने ट्रक र चालक हेटौँडा–११ थानाभर्याइङ निवासी ५४ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
