कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा बन्दसत्र गरिरहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकको जटिल परिस्थितिको सामना गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन पार्टीपक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले भृकुटीमण्डपमा बन्दसत्र चलाइरहेका बेला कार्यवाहक सभापति खड्काले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन्। मुलुकको वर्तमान जटिल परिस्थितिलाई बोध गर्दै पार्टीभित्रको असहज अवस्था अन्त्य गर्न आवश्यक रहेको उनले उल्लेख गरे।
“अहिले मुलुक गम्भीर मोडमा छ। जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन भएको छ। यस्तो अन्योल र अनिश्चितताका बीच देश र लोकतन्त्रप्रति सर्वत्र चिन्ता व्याप्त छ। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन समेत तय भइसकेको छ,” विज्ञप्तिमा भनिएको छ।
कार्यवाहक सभापति खड्काले निर्वाचनमार्फत संविधानलाई पुनः सही मार्ग (लिक) मा ल्याएर लोकतान्त्रिक तथा संवैधानिक व्यवस्थालाई सुचारु गर्नुपर्नेमा जोड दिएका छन्। यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुनु अपरिहार्य रहेको बताउँदै उनले आपसी समन्वयमार्फत एकता कायम गर्न सबैको ध्यानाकर्षण गराएका हुन्।
विज्ञप्तिमा अगाडि भनिएको छ, “नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहर हो। देश संकटमा परेका विभिन्न कालखण्डमा कांग्रेसले नै उचित निकास दिएको इतिहास छ। त्यसैले अहिले फेरि हाम्रो काँधमा ऐतिहासिक जिम्मेवारी आएको छ।”
खड्काले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि विसं. २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनमार्फत पार्टीको नीति परिमार्जन र नेतृत्व परिवर्तनको मार्ग प्रशस्त हुने सुनिश्चितता समेत व्यक्त गरेका छन्। तसर्थ, आन्तरिक मतभेद थाती राखेर सम्पूर्ण पार्टीपंक्तिलाई निर्वाचनको तयारीमा केन्द्रित हुन उनले निर्देशन दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
