आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिएको छ।
बागमती– आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूलाई चुनावचिह्न प्रदान गरिएको छ।
बागमती प्रदेश निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवारी दर्ता गराएका ६ जना उम्मेदवारलाई चुनावचिह्न प्रदान गरिएको हो।
बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।
अन्य क्लस्टरबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का डा प्रेमप्रसाद दंगाल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन्। ती उम्मेदवारहरूलाई सम्बन्धित दलकै चुनावचिह्न प्रदान गरिएको निर्वाचन अधिकृत श्रेष्ठले बताए।
११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारअनुसार नेपाली कांग्रेस बलियो देखिन्छ। राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका ११० र स्थानीय तहतर्फ २३८ गरी ३४८ मतदाता छन् भने १० हजार ३५२ मतभार रहेको छ।
बागमती प्रदेशमा नेपाली कांग्रेसको प्रदेशसभामा ३७ र स्थानीय तहतर्फ १०८ जना जनप्रतिनिधि छन्। सो संख्याअनुसार कांग्रेसको चार हजार १३ मतभार छ। त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीसँग दुई हजार ७३८ मतभार छ।
बागमती प्रदेशमा नेकपा एमाले दुई हजार ५७१ मत मतभारसहित तेस्रो स्थानमा छ। प्रदेशसभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ७०८ मतभार छ भने नेपाल मजदुर किसान पार्टीको १९७ मतभार, हाम्रो नेपाली पार्टीको १०६ मतभार र स्वतन्त्रको १९ मतभार छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
