कांग्रेस विशेष महाधिवेशन: निर्वाचन समिति गठन

खम्मबहादुर खातीको नेतृत्वमा रहेको यसअघिको निर्वाचन समिति भंग गरेर नयाँ समिति गठन गरिएको हो।

काठमाडौँ– नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा निर्वाचन समिति गठन गरिएको छ। 

डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको हो। समिति सदस्यमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन्।

खम्मबहादुर खातीको नेतृत्वमा रहेको यसअघिको समिति भंग गरेर नयाँ समिति गठन गरिएको हो। नयाँ  समितिले निर्वाचनको प्रक्रिया अघि बढाउनेछ । भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ। 

उता, अहिले संस्थापन पक्षसँग वार्ता पनि चलिरहेको छ। महाराजगन्जस्थित सभापति शेरबहादुर देउवाको निवासमा बिहानदेखि वार्ता जारी छ। 

यसैबीच, कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेका लागि सारिएको छ। विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरूले उक्त बैठकमा सहभागी नहुने बताएका छन्।