कांग्रेस महामन्त्री गगन थापाले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव र विश्वप्रकाश शर्माले राखेको सांगठनिक प्रस्तावलाई मंगलबारको बन्दसत्रले सर्वसम्मत रूपमा पारित गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा पेश गरेका दुवै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
सोमबारदेखि शुरू भएको बन्दसत्रमा महामन्त्री थापाले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव र महामन्त्री शर्माले राखेको सांगठनिक प्रस्तावमाथि छलफलपश्चात् मंगलबारको सत्रले ती प्रस्तावहरू पारित गरेको हो।
प्रस्तावहरूमाथि छलफल गर्न सात प्रदेश, काठमाडौँ उपत्यका र भ्रातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिका गरी छुट्टाछुट्टै नौ वटा समूह बनाइएको थियो। यी समूहहरूले महामन्त्रीद्वयको प्रस्तावमाथि केन्द्रित रहेर आफ्ना सुझावसहितको धारणा राखेका थिए। समूहगत छलफलबाट आएका निचोडलाई समेट्दै बन्दसत्रले पार्टीको आगामी नीति र संगठनात्मक ढाँचालाई अनुमोदन गरेको हो।
प्रस्तावहरू पारित भएसँगै महाधिवेशन अब चुनावी प्रक्रियामा प्रवेश गरेको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार मंगलबार दिउँसोदेखि निर्वाचनका प्रारम्भिक कामहरू अगाडि बढाइएको छ। कार्यतालिका अनुसार आजै उम्मेदवारी दर्ता गरिनेछ भने बुधबार बिहानदेखि मतदान शुरू हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
