काठमाडौँमा बुधबार साँझ सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा निर्वाचित गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसको काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा निर्वाचित गरेको छ। बुधबार बेलुकी सम्पन्न महाधिवेशनले थापालाई नयाँ नेतृत्व सुम्पिएको हो।
पार्टी विधानको व्यवस्थाअनुसार कुल ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आह्वान गरिएको विशेष महाधिवेशनले थापालाई सभापतिमा चयन गरेको हो।
नयाँ कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीको जिम्मेवारी प्रदीप पौडेल र गुरुराज घिमिरेले पाएका छन्।
त्यसैगरी, पार्टीको समावेशी संरचनाअनुसार विभिन्न क्लस्टरबाट सहमहामन्त्रीहरू पनि चयन गरिएका छन्। जसमा खस–आर्यतर्फ उदयशमशेर राणा, दलिततर्फ प्रकाश रसाइली 'स्नेही', मधेशीतर्फ मुक्ताकुमारी यादव र महिलातर्फ डिला सङ्ग्रौला रहेका छन्।
मुस्लिम कोटाबाट फरमुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा सहमहामन्त्रीका रूपमा चुनिएका छन्।
यस्तो बन्यो गगन नेतृत्वको नयाँ कार्यसमिति
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
