विभिन्न तालतलैया, सिमासर र जलाशय क्षेत्र तथा नदीमा जलपन्छीको गणनाका गर्दा जथाभाबी विषादीको प्रयोग, भौतिक पूर्वाधारको विकासलगायतका कारण जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ।
नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ। बाँकेमा दुई दिन सम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो।
विभिन्न तालतलैया, सिमासर र जलाशय क्षेत्र तथा नदीमा जलपन्छीको गणनापछि जथाभाबी विषादीको प्रयोग, भौतिक पूर्वाधारको विकासलगायतका कारण जलपन्छीको वासस्थान जोखिममा रहेको नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले जानकारी दिए।
बाँकेको राप्ती नदी तटीय क्षेत्र कुसुम, अगैया, सिधनियाघाट, तालतलैया तथा जलाशय क्षेत्रमा जलपन्छीको गणना गरिएको हो। सो क्रममा नेपालगन्जमा रहेको कान्ति तालमा विगतमा भन्दा जलपन्छी घटेको पाइएको नेपालीले बताए।
“पहिलेको वर्षमा ५५ प्रजातीका जलपन्छी देखेका थियौँ तर अहिले त्यो अवस्था घटेको देख्यौँ,” उनले भने, “जिल्लामा करिब ५० प्रजातिका जलपन्छी रहेकामा सबैभन्दा बढी चखेवा र सिलसिले हाँस पाइएको छ।”
नेपालमा हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि जलपन्छी गणना हुँदै आएको छ। यस वर्ष नेपालका विभिन्न स्थानमा पुस १९ गते गणना शुरू गरिएको थियो। जाडो याममा उत्तरी ध्रुवमा हिउँ पर्ने हुँदा त्यहाँका चरालाई आहार बिहारको समस्या पर्ने हुँदा हरेक वर्ष आगन्तुक चरा खानाको खोजीमा बसाइँसराइ गरी यतातिर आउने गरेको उनको भनाइ छ।
“उत्तरी ध्रुवमा हिउँ परेपछि आहार बिहारको कमी हुने हुँदा बसाइँसराइ गरेर चरा नेपाल आउने गर्छन्, विश्वमा चराका आठ वटा उडान मार्ग छन्, नेपाल दक्षिण एसिया मार्ग पर्छ, विभिन्न देशबाट चरा यो मार्ग हुँदै नेपाल आउँछन्, प्रायः हाँस प्रजातिका बढी आउने गर्छन्, उनीहरुको अवस्थाका बारेमा हामीले तथ्याङ्क संकलन गर्दछौँ,” नेपालीले भने।
यसबाहेक स्थानीय प्रजातिका चिबे चरा पनि देखिएको उल्लेख गर्दै कम देखिएका प्रजातिको विश्लेषण बाँकी रहेको बताए। परियोजनाका अर्का अधिकृत अमृत नेपालीले जलपन्छीको वासस्थान जोखिममा रहेकाले वासस्थान सुरक्षित गराउनुपर्नेमा जोड दिए।
कान्ति तालमा करिब ४० प्रजातिको जलपन्छी देखिएका छन्। कान्ति तालमा गत वर्ष ५५ प्रजातिका जलपन्छी रहेका थिए। पानीमा आश्रित जलपन्छीको अवस्था, प्रजातिको अवस्था, तालतलैया र सिमसार क्षेत्रको अवस्थासमेतका बारेमा जानकारी जलपन्छी गणनाले लिने गर्छ।
नेपालका ८० बढी सिमसार तथा जलीय क्षेत्रमा जलपन्छीको गणना भइरहेको छ। चराको अवस्थाका बारेमा अद्यावधिक गरेर सरकारलाई बुझाइने र सरकारले नीति निर्माण गर्दा र कार्ययोजना बनाउँदा टेवा पुग्ने विश्वास गरिएको छ।
चरा गणना गर्ने मात्र नभएर समुदायस्तरमा यसका बारेमा सचेतना जगाउने, चरा संरक्षणमा प्रोत्साहन गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चरा संरक्षणका बारेमा जानकारीमूलक जनचेतना पनि बढाइने गरिएको परियोजनाले जनाएको छ।
बाँकेको नेपालगन्जस्थित कान्ति तालमा नेपाल सरकारले संरक्षण सूचीमा राखेका नौ प्रजातिका चरामध्ये सारसको एक प्रजाति पाइने गर्छ। सारसका साथै यहाँ सिलसिले हाँस, मरुन, कुट, बकुल्ला प्रजाति, जलेवा, सिम कुखुरा, किङ फिसरलगायत पानीमा आश्रित अन्य जलपन्छी रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
