सुनसरीमा ट्रक पल्टिँदा ५ मजदुरको मृत्यु, ३ घाइते

ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना पछाडि पाँच जना रहेका थिए। पछाडि बसेका पाँचै जनाको मृत्यु भएको हो।

इटहरी– विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा पल्टिदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। 

बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेमा सुनसरी बर्जु–१ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ छन्।  

ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना पछाडि पाँच जना रहेका थिए। यसमा पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो।

क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ। चालक भने फरार रहेका जनाइएको छ।