यस्तो रहनेछ शुक्रबारको मौसम

तराईका अधिकांश स्थानमा हुस्सु लाग्नेछ। कोशी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा बदली हुने विभागले जनाएको छ।

काठमाडौँ– देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कोशी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। 

त्यसैगरी, राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिममा आंशिक बादल लाग्ने तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। 

हुस्सुका कारण  दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।