कास्की, बागलुङ र मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिने निर्वाचन प्रहरीको दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ।
गण्डकी– कास्की, बागलुङ र मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिने निर्वाचन प्रहरीको दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ।
यसअघि गत पुस २५ देखि बिहीबारसम्म दरखास्त माग गरिएकामा आवेदन कम परेकाले शनिबारसम्म म्याद थप गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति कास्कीले जनाएको छ। समितिका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार कास्कीमा मात्र दुई हजार ३०३ निर्वाचन प्रहरी परिचालन गरिने भएको छ। भर्नाका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गणमा दरखास्त बुझाउन सकिने उनले बताए।
निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने व्यक्तिले दरखास्त दिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए। माघ ५ देखि १० गतेभित्र छनोट प्रक्रिया सकिने र १२ गते नतिजा प्रकाशन गरिने उनको भनाइ छ। छनोटमा परेकाहरूलाई माघ १५ देखि २४ गतेसम्म प्रशिक्षण दिइने समितिले जनाएको छ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ।
निर्वाचन प्रहरीले ४० दिनको ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिकसहित खाद्यान्न, पोसाक, तयारी खर्चबापत ८४६ रुपैयाँ र चार दिनको खाजा खर्च एक हजार २०० रुपैयाँ उपलब्ध गराइनेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले भर्ना छनोट तथा नियुक्ति गर्नेछ। जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त बनाउन तयारी तीव्र पारेको छ।
कार्यालयले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ। आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न उक्त आग्रह गरिएको बरालले बताए। तोकिएको समयमा हातहतियार तथा खरखजाना नबुझाएमा प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
