जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्कबाहिर छन्। फरारमध्ये १३ जना विदेशी नागरिक छन्, जसमा ११ भारतीय र २ चिनियाँ रहेका छन्।
कास्की– गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्कबाहिर छन्।
हालसम्म फरार रहनेमा ९ महिला र १५१ पुरुष रहेको कारागार प्रशासक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार फरारमध्ये १३ जना विदेशी नागरिक छन्, जसमा ११ भारतीय र २ चिनियाँ रहेका छन्।
आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट ७७३ जना भागेका थिए। तीमध्ये केही तोकिएको समयभित्र आफैँ फर्किएका थिए भने अन्यलाई प्रहरीले पक्राउ गरी कारागार बुझाएको थियो। कास्कीबाट भागेकामध्ये केही अन्य जिल्लामा समेत समातिएका थिए।
यसैगरी, अन्य जिल्लाका कारागारबाट भागेकाहरूलाई पनि कास्कीमा पक्राउ गरिएको थियो। कारागार प्रशासक शर्माले फरार कैदीहरूको प्रहरीले खोजी गरिरहेको जानकारी दिए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फरार कैदीबन्दीलाई राजनीतिक दलहरूले सुरक्षा चुनौतीका रूपमा लिएका छन्। फरार कैदी र लुटिएका हतियारका कारण निर्वाचन भयरहित र शान्तिपूर्ण हुन नसक्ने आशंका भइरहेका बेला प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भागेका कैदीबन्दी फिर्ता ल्याउन विशेष रणनीतिअनुसार काम भइरहेको जानकारी दिए। “निर्वाचन सुरक्षा योजनाअनुसार आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष रणनीति बनाइएको छ। यसका लागि प्रहरी टोली सक्रिय रूपमा खटिएको छ। निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी हुन नदिने गरी जिल्लाको सुरक्षा व्यवस्था कार्यान्वयन गरेका छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
