कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, मधेश र लुम्बिनीका तराई भूभागमा तुवाँलो लागेको छ। पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौँ– नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश र लुम्बिनीको तराई भूभागमा तुवाँलो लागेको छ। पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी, राति पनि तराईका केही स्थानमा हुस्सु रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुनेछ। कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा हुने विभागको अनुमान छ।