परिवारले विगत २ वर्षदेखि दिनेशको अवस्थाबारे कुनै जानकारी पाउन सकेको छैन। उच्च शिक्षाका लागि ऋण काढेर विदेश पठाइएको छोरा नै सम्पर्कविहीन भएपछि परिवारमा उसको जीवन रक्षाको चिन्ता त छँदैछ, ऋण कसरी तिर्ने भन्ने पिरले झनै पिरोलेको छ।
कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २३ वर्षीय दिनेश नायक विसं २०८० असारमा अध्ययनका लागि रुस गएका थिए। त्यहाँ पुगेको दुई महिनापछि आफू रुसी सेनामा भर्ती भएको जानकारी उनले परिवारलाई गराएका थिए।
बुवा कर्णसिंह नायकका अनुसार त्यतिबेला परिवारले दिनेशलाई सेनामा नजान सम्झाए पनि उनले मानेका थिएनन्। “हामीले सेनामा नजाऊ, बरु घर आऊ भनेर सम्झाउँदा मानेन,” दिनेशका बुबा कर्णसिंहले भने, “१०–१५ दिनका लागि युद्धमा जान्छु, आएपछि फोन गर्छु भन्थ्यो। १०–१५ दिनको अन्तरालमा फोन गर्ने गर्थ्यो, तर विसं २०८० मङ्सिर १० गतेपछि छोरासँग सम्पर्क हुन सकेको छैन।” सोही मितिमा अन्तिम पटक छोरासँग सम्पर्क भएको थियो। त्यसयता दिनेशका आमाबुवा विक्षिप्त छन्।
परिवारले दुई वर्षयता दिनेशको अवस्था थाहा पाउन सकेको छैन। पढाइका लागि भनेर ऋण काढेर विदेश पठाइएको छोरा सम्पर्कविहीन भएपछि परिवारमा छोराको चिन्ता त छँदैछ, ऋण तिर्ने पिरले पनि उत्तिकै सताएको छ। रुस पुगेपछि कलेजमा भर्ना भएका दिनेश बिदाको समय मिलाएर काम गर्न थालेका थिए।
एक महिना काम गरेर उनले घरमा ५० हजार नेपाली रुपैयाँ पठाएको बुवाले बताए। “भदौ १२ गते फोन गरेर रसियन आर्मीमा भर्ना भएको सुनायो, त्यतिबेलै चिन्ता लाग्न थालिसकेको थियो,” बुवा कर्णले भने, “प्रलोभनमा परेर हाम्रा कुरा टार्दै ऊ रुसी सेनामा गयो।”
दिनेश मामाका छोरा रोहनसँगै अध्ययनका लागि रुस गएका थिए। रोहन दिनेशभन्दा एक महिनाअघि नै त्यहाँको सेनामा भर्ती भएका थिए। रोहनलाई देखेर नै दिनेश पनि सेनामा भर्ना भएको बुवा कर्णसिंहले बताए। “रोहन नौ महिनामा भागेर घर फर्कियो, तर मेरो छोराको अत्तोपत्तो छैन,” उनले भने, “छोराको खोजीका लागि सरकारसँग हारगुहार गर्दा हालसम्म ठोस पहल भएको छैन।”
उनले छोराको खोजीका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएको जानकारी दिए। परराष्ट्र मन्त्रालयले दिनेशलाई नेपाल फिर्ता पठाउन आवश्यक पहल गरिदिन विसं २०८१ साउन १४ गते मस्कोस्थित नेपाली दूतावासलाई पत्राचार गरिसकेको छ। तर, अहिलेसम्म परिवारले थप जानकारी पाउन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
