यस्तो रहनेछ आइतबारको मौसम

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कर्णाली, सुदूरपश्चिम र गण्डकीका पहाडी भूभागमा आंशिक बादल लागेको छ। 

मधेशसहित तराईका अधिकांश सथानमा तुवाँलो लागेको छ। बाँकी पहाडी तथा हिमाली भूभागमा मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकीका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ। 

राति तराईका केही स्थानमा हुस्सु रहनेछ। उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।