आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आइतबार पदबाट राजीनामा दिएका छन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका साथ शाहले आइतबार उपप्रमुख सुनिता डंगोललाई राजीनामा पत्र बुझाएका हुन्।
शाहले आइतबार राजीनामा बुझाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्। शाहले बुझाएको राजीनामा पत्रलाई उपप्रमुख डंगोलले प्रमाणित गरी दर्ता (अभिलेखबद्ध) गरेकी छन्।
मेयर शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुनी व्यवस्थाबमोजिम २०८२ साल माघ ४ गतेदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएका हुन्। राजीनामा पत्रमा आफूले कार्यकालभरि इमानदारीपूर्वक काम गरेको उल्लेख गर्दै उनले लेखेका छन्, “यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु।”
महानगरको आगामी नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै उनले पत्रमा थप उल्लेख गरेका छन्, “अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।”
महानगरमा साढे तीन वर्ष नेतृत्व गरेपछि शाहले संसदीय राजनीतिको यात्रा शुरू गर्न लागेका हुन्। उनी आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा झापा–५ बाट निर्वाचन लड्ने चर्चा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
