धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस आइतबार दिउँसो धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

धरान— सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्टमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

आइतबार दिउँसो करिब ४:३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।

बस सडक किनारको न्यु सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको हो। शव क्षतविक्षत अवस्थामा रहेका र पहिचानको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।