आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फका ३२१३ उम्मेदवारको बन्दसूची

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूबाट पेश भएका समानुपातिकतर्फका ३ हजार २१३ उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।

काठमाडौँ— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूबाट पेश भएका समानुपातिकतर्फका ३ हजार २१३ उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आइतबार बन्दसूची सार्वजनिक गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगका अनुसार ५७ वटा निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेश भएका उम्मेदवारहरूको विवरण प्रकाशन गरिएको हो।

उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताका सम्बन्धमा दाबी-विरोध गर्न चाहने मतदातालाई माघ ५ देखि १० गतेसम्मको समय दिइएको छ। इच्छुक मतदाताले उक्त अवधिमा बिहान १० देखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उजुरी दिन सक्नेछन्।

दाबी-विरोधका लागि निर्देशिकाले तोकेको निर्धारित ढाँचामा उजुरी दिन सकिने प्रवक्ता भट्टराईले बताए।

बन्दसूची