निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि शुरू (तस्वीरहरू)

महिलाहरूको लागि पाँच पटक पुसअप र पाँच पटक सेटअप र पुरुषहरूको लागि १० पटक पुसअप र १० पटक सेटअप गर्नुपर्नेछ।

काठमाडाैँ– नेपाल प्रहरीको काठमाडौँस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता गरेका निर्वाचन प्रहरी (म्यादी) उम्मेदवारहरूको आजबाट शारीरिक परीक्षा शुरू भएको छ।

null

आउँदो फागुन २१ का लागि निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरीको छनोट आजदेखि शुरू भएको हो। काठमाडाैँको हकमा ल्याबोरेटरी स्कुल, कीर्तिपुरमा बिहान ७ बजेदेखि शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षा शुरू भएको हो।

null

सो  छनोट प्रक्रियामा पुसअप, सेटअप र रनिङ गर्नुपर्ने छ। महिलाहरूको लागि पाँच पटक पुसअप र पाँच पटक सेटअप र पुरुषहरूको लागि १० पटक पुसअप र १० पटक सेटअप गर्नुपर्नेछ। दौड चाहिँ १६०० मिटर पूरा गर्नुपर्ने छ।

nullnullnullnullnullnullnullतस्वीरहरू: नेपाल फोटो लाइब्रेरी