सञ्चारमन्त्री जगदीश खरेलले दलीय राजनीतिमा सक्रिय हुने भन्दै सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका छन्।
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गरेका हुन्। दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको उनले स्पष्ट पारेका छन्।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खरेलले वर्तमान सरकारमा सहभागी हुने अवसर प्रदान गरिएकोप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट बनेको वर्तमान गैरराजनीतिक नागरिक सरकार इमानदारी, निष्ठा र नैतिकताको उदाहरण बनेको उल्लेख गरेका छन्।
चार महिनाको कार्यकालमा मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरेको उनको भनाइ छ। साथै, आगामी फागुन २१ मा हुन लागिरहेको आमनिर्वाचन सफल बनाउन प्रधानमन्त्री नेतृत्वको सरकारले गरिरहेको प्रतिबद्धतामा आफू पनि सहभागी हुन पाएकोमा गौरव महसुस गरेको उनले उल्लेख गरेका छन्।
खरेलले वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षालाई मध्यनजर गर्दै दलीय राजनीतिमार्फत सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नु आवश्यक ठानेको बताएका छन्। सरकारको स्वतन्त्र र गैरराजनीतिक पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले दलीय राजनीतिमा प्रवेश गर्नुअघि नै राजीनामा दिएको उनको स्पष्टीकरण छ।
राजीनामापछि पनि आफ्नो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
