आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदै छ, जसका लागि निर्वाचन आयोगले प्राविधिकलगायतका सबै तयारी पूरा भएको जनाएको छ।
काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको सम्पूर्ण तयारी पूरा भएको छ। मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा मंगलबार (माघ ६ गते) बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार देशभरका ८८ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतका कार्यालयमा जनशक्ति तथा आवश्यक सामग्री पुगिसकेको छ। यसपटक उम्मेदवारले मनोनयनका साथै आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा खामबन्दी गरी बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
“आचारसंहिता पालना गर्ने र कानूनले अयोग्य ठहराएमा उम्मेदवारी रद्द हुँदा पनि मन्जुर हुने जस्ता विषयमा उम्मेदवारले अनिवार्य रूपमा स्वघोषणा गर्नुपर्नेछ,” सहायक प्रवक्ता जिसीले भने।
यसैबीच, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताए। मनोनयन दर्ताको पूर्वसन्ध्यामा सार्वजनिक अपिल गर्दै उनले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग प्राप्त हुने अपेक्षासमेत गरेको उल्लेख गरे।
निर्वाचन घोषणा भएसँगै आयोगले कार्यसम्पादन गर्नुपर्ने विषयलाई कार्यतालिका बनाई अघि बढेको उल्लेख गर्दै उनले भनेका छन्, “कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब भोलि अर्थात् माघको ६ गते जो–जो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयन पत्र दाखिल गर्ने समय आएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ।”
भण्डारीले गए राति १२:०० बजेदेखि आचारसंहिता लागू भएको अवगत गराउँदै यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिकाअनुसार कार्यसम्पादन भइरहेको बताए। “अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैनन्। तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ, आयोग यसैमा ढुक्क छ”, उनले भने।
आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्ने र दाखिला भइसकेपछि जाँचबुझ गर्ने लगायतका कानूनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ। उनले निर्वाचनका विषयमा अदालतले आदेश गरिसकेपछि त्यो सबैले मान्नुपर्ने उल्लेख गर्दै आयोगले अदालतमा रहेको विषयवस्तुलाई अहिले विश्लेषण गरेर यो हुन्छ र त्यो हुन्न भनेर भन्न नमिल्ने स्पष्ट पारे।
“मनोनयन पत्र दाखिला गर्नुपर्ने उम्मेदवार मनोनयनस्थल पुग्न सक्नुभएन भने आफ्नो वारेसमार्फत मनोनयन दाखिला गर्ने कानूनले व्यवस्था दिएकै छ। हामीले विभिन्न निर्देशिकामार्फत यसको जानकारी गराएका छौँ”, भण्डारीले भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
