चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु

धन्कौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुरका १९ वर्षीय चुनचुन रायको मृत्यु भएको छ।

बरहथवा– सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ। 

धन्कौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुरका १९ वर्षीय चुनचुन रायको मृत्यु भएको हो। 

काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए। प्रहरीका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।