स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरसको संक्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाइएको बताए।
काठमाडौँ– सरकारले भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरसको संक्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निपाह संक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूको स्वास्थ्य परीक्षण शुरू गरिएको बताए।
“विशेष गरी कोशी प्रदेशका सीमा नाकामा हामीले उच्च सतर्कता अपनाएका छौँ। अन्य सीमा नाकाबाट नेपाल भित्रिने व्यक्तिहरूको पनि स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएका छौँ”, उनले भने।
प्रवक्ता बुढाथोकीले निपाह भाइरस संक्रमित व्यक्तिको समयमै उपचार नभए मृत्युसमेत हुन सक्ने चेतावनी दिए। उनका अनुसार निपाह भाइरस संक्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशतसम्म रहेको छ। निपाह भाइरस मुख्यतः सुँगुर, चमेरा र संक्रमित मानिसबाट सर्ने गर्दछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
