पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु

छापाका क्रममा गिरोहका सदस्यले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएपछि दुवै पक्षबीच भीषण गोली हानाहान भएको थियो।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको प्रहरी मुठभेडमा ६ जनाको मृत्यु भएको छ। बिहीबार प्रान्तीय राजधानी कराँचीको पाक कोलोनी क्षेत्रमा भएको घटनामा‍ सशस्त्र डकैती गिरोहका ६ सदस्यको मृत्यु भएको हो।

प्रहरीका अनुसार नौ सदस्यीय आपराधिक गिरोह लुकेको सूचना पाएपछि सुरक्षाकर्मीले उक्त क्षेत्रमा छापा मारेका थिए। छापाका क्रममा गिरोहका सदस्यले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएपछि दुवै पक्षबीच भीषण गोली हानाहान भएको थियो। मुठभेडको क्रममा ६ जना संदिग्धको घटनास्थलमै मृत्यु भएको हो। 

प्रहरीले उक्त गिरोह विभिन्न डकैती तथा सडक अपराधमा लामो समयदेखि संलग्न रहेको जनाएको छ। साथै, उनीहरू मंगलबार घरभित्र डकैती गर्ने क्रममा तीन दाजुभाइको हत्या गरिएको घटनामा पनि संलग्न रहेको आशंका गरिएको छ।

सुरक्षाकर्मीले कराँचीका अन्य संवेदनशील क्षेत्रमा पनि निगरानी बढाएका छन्।