रौतहटमा २ मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु

रौतहटको राजदेवी नगरपालिका–१ मा शुक्रबार दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

रौतहट– रौतहटको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान गौर–पिपरा भित्री सडकखण्डमा गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३०एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।

मृत्यु हुनेमा प्र २–०३–०१८ प ३३४६ नम्बरका चालक रौतहट, दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र भारतीय नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका–२ हजमिनियाका २९ वर्षीय अरबिन्द महतो रहेका छन्।