भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहमा भएको झडप र आगजनीका कारण संरचना ध्वस्त भएपछि त्यहाँ रहेका १६९ बालबिज्याइँकर्तालाई प्रहरी हिरासतको निगरानी कक्षमा स्थानान्तरण गरिएको छ।
भक्तपुर– सानोथिमिस्थित बाल सुधार गृह बस्नै नमिल्ने गरी ध्वस्त भएपछि त्यहाँ रहेका १६९ जना बालबिज्याइँकर्तालाई शुक्रबार भक्तपुर र काठमाडौँका जिल्ला प्रहरी परिसरअन्तर्गतका हिरासतमा स्थानान्तरण गरिएको छ। बिहीबार राति १० बजेदेखि रातभर सुधार गृहमा भएको झडप, आगजनी र तोडफोडका कारण संरचनामा गम्भीर क्षति पुगेपछि उनीहरूलाई स्थानान्तरण गरिएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले दिएको जानकारी अनुसार, बालबिज्याइँकर्तालाई भक्तपुर र काठमाडौँका प्रहरी हिरासतस्थित ‘बाल निगरानी कक्ष’मा राखिएको छ। हाल क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र संरचना पुनर्निर्माण भएपछि उनीहरूलाई पुनः सुधार गृहमै फिर्ता पठाइने उनले बताए।
प्रहरीका अनुसार गएरातिको झडपमा ८ जना बालबिज्याइँकर्ता र २० जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको र एक जनाको उपचार जारी रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
गएराति सुधार गृहभित्रैबाट आगजनी गरिएपछि भक्तपुरको दमकलले आगो नियन्त्रणमा लिएको थियो। सुरक्षाका लागि खटिएको प्रहरी वृत्त थिमिको टोलीले झडप नियन्त्रण गर्न खोज्दा भित्रबाटै प्रहरीमाथि ढुंगामुढा भएको थियो। सुधार गृहमा १८ वर्षमाथिका ८४ जना युवा र २४ जना बालिकासमेत रहेका थिए। १८ वर्ष उमेर नाघेपछि पनि बालबिज्याइँकर्तालाई कारागार चलान गर्ने स्पष्ट कानूनी व्यवस्था नहुँदा ३५ वर्षसम्मका युवासमेत सुधार गृहमै बस्दै आएका छन्।
सुधार गृहभित्र प्रहरी जान नपाउने र बालबिज्याइँकर्ता आफैँले पालो मिलाएर खाना पकाउने तथा भित्रै पढ्ने व्यवस्था भए पनि उमेर नाघेका व्यक्तिहरू र बालबालिका एकै ठाउँमा बस्दा सुरक्षा चुनौती थपिएको कर्मचारीहरू बताउँछन्। विशेष गरी महिला बालबिज्याइँकर्ताको सुरक्षामा जोखिम बढेको उनीहरूको भनाइ छ। सानोथिमिस्थित यस सुधार गृहमा तोडफोड, झडप र बालबिज्याइँकर्ता भाग्ने जस्ता घटना यसअघि पनि पटक–पटक हुँदै आएका छन्।
यसैबीच, सानोथिमि आसपासका बासिन्दाले सुधार गृहलाई बस्तीको बीचबाट हटाउन माग गरेका छन्। पटक–पटक हुने झडप, आगजनी र ढुंगा हानाहानले स्थानीयमा त्रास फैलिएको र घरहरूमा समेत क्षति पुग्ने गरेको भन्दै उनीहरूले तत्काल सुधार गृह स्थानान्तरण गर्न माग गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
