राष्ट्रियसभाको शुक्रबारको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन, विशेष सेवासम्बन्धी तीन वटा अध्यादेशका पेश गर्नुका साथै विभिन्न समितिका प्रतिवेदन पनि प्रस्तुत गरिएका छन्।
काठमाडौँ– राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन वटा अध्यादेश पेश गरेका छन्। बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गरेका हुन्।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेश गरिन्। यसैगरी विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरिन्।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाएका थिए।
बैठकले पूर्वमन्त्रीहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र पूर्वसांसद कृष्णकुमारी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक माघ १३ गते मंगलबार दिउँसो १:१५ बजे बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
