प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापाका धार्मिक समुदाय, विभिन्न जातजाति तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले जिल्लाभर शान्तिसुरक्षा र सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता जनाएका छन्।
झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापाका सबै धार्मिक समुदाय, विभिन्न जातजाति तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले जिल्लाभर शान्तिसुरक्षा र सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय झापामा आज आयोजित अन्तरक्रियामा निर्वाचनका क्रममा समुदायस्तरमा कुनै पनि किसिमको तनाव, द्वन्द्व वा विभाजन हुन नदिने विषयमा सहभागी सबै पक्षले साझा प्रतिबद्धता व्यक्त गरेका हुन्। शान्ति र सामाजिक सद्भाव कायम राख्न आपसी सहयोग र समन्वयलाई प्राथमिकता दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
प्रजिअ गेलालका अनुसार सामाजिक सद्भावलाई संस्थागत गर्न प्रत्येक स्थानीय तहमा ‘शान्ति तथा सद्भाव समिति’ गठन गर्ने निर्णय गरिएको छ। समितिको संयोजक स्थानीय तहका प्रमुख वा अध्यक्ष रहनेछन्।
यसैगरी, समितिको सदस्यहरूमा उपप्रमुख वा उपाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि, धार्मिक समुदायका प्रतिनिधि तथा स्थानीय स्तरमा रहेका सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।
सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबै धर्म र समुदायका नागरिक, बुद्धिजीवी, नागरिक अगुवा तथा धर्मगुरुहरूबीच सहकार्य र समन्वय बढाउने सहमति पनि भएको छ। निर्वाचनका क्रममा कुनै पनि अवाञ्छित गतिविधि देखिएमा सबै पक्षको सहभागितामा ‘सद्भाव र्याली’ आयोजना गरी वातावरण सहज बनाउने निर्णय गरिएको प्रजिअ गेलालले बताए।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
