नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रवक्ता देवराज चालिसेको नेतृत्वमा प्रचार समिति गठन गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा ‘केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरेको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले चुनावी प्रचारप्रसारको मुख्य जिम्मेवारी चालिसेलाई दिने निर्णय गरेको हो। अब प्रवक्ता चालिसे नेतृत्वको समितिले देशभर पार्टीको चुनावी अजेन्डा र प्रचार अभियानको नेतृत्व गर्नेछ।
बैठकले कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा ‘केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति’ गठन गर्ने निर्णय गरेको छ। त्यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गरिएको छ।
यसैबीच, कांग्रेसले आसन्न निर्वाचनमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णयसमेत गरेको छ। उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र अर्की उपसभापति पुष्पा भुसालको समर्थनमा थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो। बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न सांगठनिक प्रस्तावहरू प्रस्तुत गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
