सुदूरपश्चिमका केही स्थानमा वर्षा

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। यी स्थानमा हल्का वर्षासहित हिमपातसमेत हुने सम्भावना छ।

सुदूरपश्चिमका केही स्थानमा वर्षा
फाइल तस्वीर

काठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। 

सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। यी स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ। गण्डकी र कर्णालीका अन्य केही स्थानमा समेत हल्का वर्षा हुनेछ।  

राति देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया र बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हल्का वर्षा हुने विभागको पूर्वानुमान छ।