हुम्लामा हिमपात, जनजीवन प्रभावित

हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउँपालिका हुँदै हिल्सा जाने बाटो पूर्ण रूपमा बन्द भएको छ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित
सौजन्य: छापाल लामा

हुम्ला– हुम्लामा यस वर्षकै पहिलो हिमपात भएको भएको छ। भदौयता वर्षा नभएको हुम्लामा वर्षासँगै हिउँ पर्न थालेको हो। लामो समय हिउँ नपर्दा किसान चिन्तित थिए। 

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। माथिल्लो हुम्ला सिमकोट नाम्खालगायत क्षेत्रमा हिमपात भइरहेको छ। 

हिमपातले जनजीवन कष्टकर बनेको छ। तर हिउँ परेपछि बालीनाली सप्रिने भएकाले किसान खुशी भएका छन्।

हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउँपालिका हुँदै हिल्सा जाने बाटो पूर्ण रूपमा बन्द भएको छ।