बागलुङमा एक हजार ४८७ जना निर्वाचन प्रहरी माग गरिएकामा तेस्रो पटक म्याद थप्दा एक हजार ५१ जनाको मात्र आवेदन परेको छ।
ढोरपाटन– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी एक हजार ४८७ जना माग गरिएको थियो। तर नेपाल प्रहरीबाट एक हजार ४८ र सशस्त्र प्रहरीबाट तीन जना गरी एक हजार ५१ जनाको मात्र आवेदन परेको छ।
हालसम्म पुरुष ८२३ जना र महिला २२८ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी तिलक भारतीले जानकारी दिए। पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिएको थियो।
उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि माघ २ र ३ गते दुई दिन थप गरिएको थियो। सो समयमा पनि माग अनुसारको आवेदन परेन। अझै ४३६ जना आवश्यक रहेको उनको भनाइ छ।
तेस्रो पटक आइतबारसम्मलाई आवेदन दिन म्याद थप गरिएको छ। जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिने व्यवस्था गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
