आजदेखि माैसममा क्रमिक सुधार

आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ।

काठमाडाैँ–  आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ।

शुक्रबार साँझदेखि शनिबारसम्म देशको पश्चिमी भेगमा हिमपात र वर्षा भए पनि त्यसको प्रभाव पूर्वतिर कम परेको थियो।

महाशाखाका अनुसार आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।

पूर्वी तथा मध्य  तराई भूभागका थोरै स्थानहरूमा बिहानिपख हुस्सु रहनेछ।