गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन्।
काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने र सामाजिक सद्भाव बिगार्नेहरूलाई कानूनी दायरामा ल्याउन माथिको आदेश कुरिरहनु नपर्ने बताए। आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र हनुमानढोकास्थित पुरानो प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
भोटाहिटीस्थित ब्युरो कार्यालय पुगेका गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित बनाउन साइबर ब्युरोको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। उनले निर्वाचनका बेला हुन सक्ने अमर्यादित, कानुनले वर्जित गरेका र भ्रामक समाचारहरूको सूक्ष्म अनुगमन गर्न निर्देशन दिए। बिनादर्ता सञ्चालनमा रहेका र अवैधानिक रूपमा भ्रम फैलाउने सामाजिक सञ्जालहरूको नियमनमा कडाइ गरिनुपर्ने बताए।
ब्युरो प्रमुख प्रहरी नायव महानिरीक्षक नविन्द अर्यालबाट वस्तुस्थितिबारे जानकारी लिँदै गृहमन्त्रीले निर्वाचनको समयमा ब्युरो थप सक्रिय हुनुपर्नेमा जोड दिए। उनले सामाजिक सञ्जालमा सम्प्रेषण हुने मिथ्या जानकारी र अवैधानिक पोस्टहरूलाई कार्यालयले स्वचालित रूपमै कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
समाजमा सद्भाव बिगार्ने र फागुन २१ गतेको निर्वाचनको माहौल बिगार्ने गतिविधि हुन नदिन ब्युरोले विशेष तदारुकता देखाउनुपर्ने उनको भनाइ थियो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मन्त्री अर्यालले तथ्यहीन जानकारी फैलाउने जो कोहीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिए। सोही क्रममा उहाँले नेपाल प्रहरीको पुलिस क्लबमा रहेका पुरातात्त्विक महत्त्वका मूर्तिहरूको समेत अवलोकन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
