पर्यटकको ‘फेक रेस्क्यु’ देखाएर करिब १९.६९ मिलियन अमेरिकी डलर बराबर बीमा ठगी गरेको आरोपमा सीआईबीले तीन वटा कम्पनीका सञ्चालक र व्यवस्थापकसहित ६ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– हिमाली क्षेत्रमा जाने पर्यटकहरूको नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर करोडौँको बीमा ठगी गरेको आरोपमा तीनवटा कम्पनीका सञ्चालक र व्यवस्थापक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया तथा एभरेस्ट एक्सपेरियन्सका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी रहेका छन्। आइतबार पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।
सीआईबीको प्रारम्भिक अनुसन्धानका क्रममा यी कम्पनीहरूले कुल १९.६९ मिलियन अमेरिकी डलर बराबरको शंकास्पद बीमा दाबी गरेको देखिएको छ। माउन्टेन रेस्क्यु सर्भिसले १ हजार २४८ उद्धारमध्ये १७१ वटा शंकास्पद देखिएको र यसबाट १ करोड ३ लाख डलरभन्दा बढीको दाबी गरेको पाइएको छ।
त्यसैगरी, नेपाल चार्टर सर्भिसले ४७१ मध्ये ७५ वटा उद्धारलाई शंकास्पद श्रेणीमा राख्दै ८२ लाख डलरभन्दा बढी र एभरेस्ट एक्सपेरियन्सले ६०१ मध्ये ७१ वटा शंकास्पद उद्धार देखाएर ११ लाख ५३ हजार डलरभन्दा बढीको बीमा दाबी गरेको सीआईबीको प्रारम्भिक छानबिनमा क्रममा देखिएको छ।
रेस्क्युका नाममा अहिलेसम्म दाबी गरिएको बीमा रकम अझै बढ्न सक्ने सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले बताए। उनका अनुसार यस प्रकरणमा अनुसन्धान अझै जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
