निर्वाचन आयोगले आगामी फागुन २० गते रिक्त हुने १८ राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम नतिजा र विजयी उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
काठमाडौँ — निर्वाचन आयोगले रिक्त १८ पदका लागि सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। सातै प्रदेशमा भएको मतदानको गणना सकिएसँगै आयोगले निर्वाचित उम्मेदवारहरूको नामावली औपचारिक रूपमा सार्वजनिक गरेको हो।
आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आइतबार बिहान ९:०० देखि दिउँसो ३:०० बजेसम्म मतदान भएको थियो। कुल १९ पदमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने कोशी प्रदेशको खस-आर्यतर्फ एक पदमा निर्विरोध भइसकेकाले बाँकी १७ पदका लागि मात्र मतदान भएको हो। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् भने नेकपा (एमाले) का रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन्। मधेश प्रदेशमा एमालेकी रेखाकुमारी झा निर्वाचित भएकी छन् भने कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण विजयी भएका छन्।
बागमती प्रदेशमा लोसपाका महन्थ ठाकुर, कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन्। गण्डकीमा एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन्। लुम्बिनी प्रदेशमा एमालेकी रामकुमारी झाँक्री तथा कांग्रेसका वासुदेव घिमिरे र चन्द्रबहादुर केसी निर्वाचित भएका छन्।
कर्णाली प्रदेशमा एमालेकी मीनासिंह रखाल विजयी भएकी छन् भने सुदूरपश्चिम प्रदेशमा कांग्रेसका ललितजंग शाही र खम्मबहादुर खाती तथा एमालेकी लीलाकुमारी भण्डारी विजयी भएका छन्।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
