पोखरा र काठमाडौँका व्यवसायीहरू सुन्तला खरिद गर्न बगैँचामै पुगेपछि अहिले म्याग्दीको दोसल्लेमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। सुन्तला खेतीकै कारण गाउँबाट हुने बसाइँसराइ समेत रोकिएको छ।
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेका किसानले अधिक मूल्य लिनका लागि माघ लागेपछि मात्र सुन्तला टिपेर बजार पठाउन थालेका छन्। देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि मात्र उनीहरूले सुन्तला टिप्न शुरू गरेका हुन्।
दोसल्लेका किसानले विगतको तुलनामा यसपालि राम्रो मूल्य पाएका छन्। यसअघि मंसिर–पुसमा प्रतिक्रेट (२० किलो) एक हजार ७०० रुपैयाँमा बिक्री हुने गरेकामा यसपालि दुई हजार ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको स्थानीय विकास श्रेष्ठले बताए।
“किसानले सस्तोमा सुन्तला बेच्नुपर्ने अवस्था अन्त्य गर्न सबै मिलेर मूल्य निर्धारण गरेका हौँ,” उनले भने, “अन्यत्रको सुन्तला सकिएकाले व्यापारीहरू प्रतिक्रेट तीन हजार २०० सम्म मूल्य तिर्न तयार छन्।”
४२ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँमा गत वर्ष सुन्तलाबाट एक करोड ६० लाख रुपैयाँ भित्रिएको थियो। यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवाहरूले समेत फल दिन थालेकाले उत्पादन गत वर्षकै अनुपातमा हुने अनुमान गरिएको ‘दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूह’का अध्यक्ष प्रेम पाइजाले बताए।
पोखरा र काठमाडौँका व्यवसायीहरू बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले त्यहाँ धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। दोसल्लेका सबै घरधुरीले सुन्तला खेती गरेका छन्। सुन्तला खेतीकै कारण गाउँबाट हुने बसाइँसराइसमेत रोकिएको छ। पहिले बेनी र पोखरा बसाइँ सरेकाहरूसमेत गाउँ फर्किएर बाँझो जग्गामा सुन्तला रोपण गर्न थालेका छन्।
पाइजा भन्छन्, “पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्न पनि कठिन थियो र आम्दानीको कुनै स्रोत थिएन। अहिले सुन्तला खेतीले स्थानीयलाई राम्रो आर्थिक लाभ दिएको छ र गाउँलेको जीवनस्तर नै बदलिएको छ।”
पाइजाका अनुसार दोसल्लेमा अहिले १० हजार सुन्तलाका बोट छन्। २०६८ सालमा पोखरास्थित माटो परीक्षण विभागका विज्ञ ल्याएर माटो जँचाएपछि दोसल्लेवासीले व्यावसायिक सुन्तला खेती विस्तार गर्दै लगेका हुन्।
परम्परागत रूपमा धान, मकै, कोदो र भटमास उत्पादन हुने खेतबारी अहिले सुन्तलाको बगैँचामा परिणत भएको छ। नयाँ बोटले फल दिन सुरु गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड रुपैयाँभन्दा बढी रकम भित्रने स्थानीयको अनुमान छ।
सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली छाडेर सुन्तला खेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्बुजाले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
