झूट्टा विवरणका आधारमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको अभियोगमा अख्तियारले दाङको राजपुर गाउँपालिका–४ का तत्कालीन वडाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँ– झूट्टा विवरणका आधारमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
दाङको राजपुर गाउँपालिका–४ का तत्कालीन वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), वडासचिव राजेशकुमार कहार, कार्यालय सहायक मिना चौधरी र इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवासले गैरनेपालीलाई नागरिकता दिएको अभियोगमा आरोपपत्र दायर गरिएको हो। बाँकी दुई जना भने नागरिकता लिने भारतीय नागरिक र झुट्टा सनाखत गर्ने व्यक्ति हुन्।
अनुसन्धानका क्रममा उनीहरूले २०३८ सालमै मृत्यु भइसकेका सनाउल्ला जोल्हाको मृत्युदर्ता प्रमाणपत्रमा केरमेट गरी २०४१ सालमा मृत्यु भएको भनी झूट्टा विवरण तयार पारेको पाइएको छ। सोही आधारमा भारतीय नागरिक आलम जोल्हालाई मृतक सनाउल्लाको छोरा देखाई २०३९ सालमा जन्म भएको झूट्टा जन्मदर्ता प्रमाणपत्र बनाइएको थियो। आएसा जोल्हाले आलम आफ्नो सहोदर भाइ भएको भनी झूट्टा सनाखत गरेपछि वडा कार्यालयले सिफारिस गरेको र सोही आधारमा कार्यालय प्रमुख खवासले आवश्यक छानबिन नै नगरी २०७५ सालमा नागरिकता जारी गरेको आयोगको ठहर छ।
आयोगले तत्कालीन कार्यालय प्रमुख खवास र वडाध्यक्ष यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय माग गरेको छ भने वडासचिव कहार र कार्यालय सहायक चौधरीलाई सोही ऐनको दफा ११ बमोजिम कैद र जरिबानाको मागदाबी गरेको छ।
त्यसैगरी, नागरिकता लिने आलम र झूट्टा सनाखत गर्ने आएसालाई मुख्य कसुरदार सरहकै सजायको मागदाबी लिई मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
