गणपति डिलक्स बसको केही भाग पानीबाट निकालिए पनि बाँकी खण्ड निकाल्न प्राविधिक कठिनाइ भएपछि उत्खनन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए।
तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको 'गणपति डिलक्स' बसको उत्खनन कार्य मंगलबारदेखि स्थगित गरिएको छ।
उत्खनन शुरू भएको १७औँ दिनमा सो कार्य स्थगित गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न प्राविधिक समस्या भएपछि काम रोक्ने निर्णय गरिएको उनले बताए।
गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि उत्खनन कार्य शुरू गरिएको थियो। उत्खननको १६औँ दिन हिजो बसभित्र मानव कंकाल भेटिएको थियो। बसको भित्री भागमा कंकाल भेटिएपछि यस सम्बन्धमा थप अनुसन्धान र पहिचानको प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
विसं. २०८१ असार २८ गते चितवनको सिमलतालमा लेदोसहितको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा हराएको थियो। सोही बस १८ महिनापछि गत पुस २६ गते तनहुँतर्फ नदी किनारमा फेला परेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
