देशका केही स्थानमा वर्षासहित हिमपातको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती, मधेश र कोशीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशका केही स्थानमा वर्षासहित हिमपातको सम्भावना
प्रतिकात्मक तस्वीर

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। तराईका विभिन्न स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो उच्च पहाडी तथा हिमाली भू‍भागमा  पूर्णतया बादल लाग्नेछ। उच्च पहाडी तथा हिमाली भू‍भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती, मधेश र कोशीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति, पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू‍भागमा हल्का हिमपात र वर्षा हुने विभागले जनाएको छ।