सिन्धुलीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा भएको दुर्घटनामा स्थानीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको छ।

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा बुधबार बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका निजको नगर अस्पताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो।