पवारसहित पाँच जना सवार विमान बारामतीमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त विमान बिहान ८ बजे मुम्बईबाट उडेको थियो।
चार्टर विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ।
बुधबार बिहान बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा पवारसहित विमानमा सवार पाँचै जनाको मृत्यु भएको हो। विमान बिहान करिब ८ बजे मुम्बईबाट उडेको थियो।
दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो। अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए।
पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा हुन्। उनी फरकफरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेतासमेत हुन्।
पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ सिन्दे नेतृत्वका सरकारमा उनले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाले। उनका श्रीमती सुनेत्रा पवार तथा छोराहरू जय र पार्थ पवार रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
